कान्छो खवर । आइतबार, जेठ २४, २०८३
गाईघाट २४ जेष्ठ ।
डहरदेखि रौता पोखरी सम्म अस्पाल पिच गर्नकोलागि द्रुतगतिमा स्ट्रक्चरको काम भैरहेको छ । दिक्तेल- गाईघाट सडकको कारण अधिकाक्ष क्षेत्रमा पिच भैसकेको अबस्थामा रौता मन्दिर सम्मको बाटो कठिन र बर्सेनि पहिरो जाने गर्नाले बर्षाको समयमा यातायात सन्चालनमा समस्या हुदै आइरहेको कुरालाई मध्य नजर गर्दै पुर्बधार कार्यालय उदयपुरले यो बर्ष डहर – रौता पोखरी सडक खण्डमा स्तरोन्नति गरेको हो ।
कोसी प्रदेश सरकारको ८ करोड १६ लाख ९८ हजार ८९६ रुपैयाको लागतमा ३ किलोमीटर ५ सय मिटर लामो सडकमा पिच गर्नको लागि अहिले स्ट्रक्चर निर्माणको काम भैरहेको छ ।अधिकारी कन्ट्रक्सनले ठेक्का पाएको उक्त सडक खण्डमा अहिले ड्रेन , नाला, बाल , ग्याबिन लगाउने काम भैरहेको साइड इन्चार्ज सब इन्जिनियर रमन भण्डारीले बताए ।
उनले बाटो पिच गर्नकोलागि स्ट्रक्चर निर्माणको काम भैरहेको बताए ।दुई बर्ष भित्रमा सप्पन्न गर्ने लक्ष्य रहे पनि आगामी माघ , फागुन भित्रमा सम्पन्न गर्ने गरि काम सुरु भैरहेको उनले बताए ।
बर्षाले काम गर्न केहि समस्या गरेको भए पनि काम द्रुतगतिमा भैरहेको उनले बताए । उनले यो बाटोको स्तरोन्नति भैसके पछी बार्है महिना रानीबास – रौता सडकमा यातायात सेवा सन्चालनमा आउने बताए ।
धार्मिक पर्यटनको रूपमा बिकास गर्न लामो समयदेखि रौतामाई गाउपालिका र कोशी प्रदेश सरकारले रौता पोखरी मन्दिरको भौतिक पुर्बधार र सडक निर्माणमा लगानी गर्दै आएको छ ।