कान्छो खवर । आइतबार, पुष १३, २०८२
गाईघाट १३ पौष ।
नेपाली काङ्ग्रेस उदयपुरका युबा नेता रामकुमार राईको कारबाही फुकुवा भएको छ ।काङ्ग्रेस केन्द्रिय अनुशासन समितिले बिगतमा कारबाहीमा परेका नेता , कार्यकर्ता सबैको कारबाही फुकुवा गरे पछी राई लगायत उदयपुर बाट अन्य दुई जनाको कारबाही फुकुवा भएको हो ।
काङ्ग्रेस अनुशासन समितिले शुक्रबार कारबाहीमा परेका सबै नेता तथा कार्यकर्ताको कारबाही फुकुवा गर्ने र काङ्ग्रेस छोडेर अन्यत्र गएकाहरुलाई घर फर्कन आग्रह गर्ने निर्णय गरेको थियोे ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा नेकपा एस र काङ्ग्रेस गठबन्धनबाट उमेदवार बनेका एसका जगन्नाथ खतिवडा विरुद्ध राईले स्वतन्त्र उमेदवार बनेर निर्बाचनमा भाग लिएका थिए ।उनले निर्वाचनमा १० हजार मत ल्याएर पराजित भएका थिए ।
राइ बागि बनेर उमेदवार भएकै कारण गठबन्धन उमेदवार खतिवडा पराजित भएका थिए ।काङ्ग्रेस अनुशासन समितिको उक्त निर्णय पछि रमिला राई र माधब रासकोटीको समेत कारबाही फुकुवा भएको छ ।
राईको कारबाही फुकुवा पछी काङ्ग्रेस कार्यकर्ताहरुमा निकै उत्साह देखिएको छ ।उदयपुरको २ नम्बर क्षेत्र बाट प्रतिनिधि सभा निर्वाचनमा राई उमेदवार हुने प्रबल संभावना रहेक काङ्ग्रेस कार्यकर्ताहरु बताउँछन् ।