कान्छो खवर । बिहिबार, पुष १०, २०८२
गाईघाट १० पौष ।
त्रियुगा नगरपालिका ५ स्थित सरस्वती सामुदायिक बन भित्र रहेको मयुर बनलाई चरा अध्यन अबलोकन क्षेत्र घोषणा गरिएको छ ।

कोसी प्रदेश पर्यटन बर्ष सफल बनाउने उदेश्य अनुरुप पौष ७, ८ र ९ गते सामुदायिक बनले आयोजना गरेको तीन दिने प्रकृति अबलोकन जैविक बिबिधताको महत्त्व सम्बन्धि कार्यशालामा उक्त सामुदायिक बन संग आबद्ध १५ जना उपभोक्ताहरुको सहभागी रहेकोे थियो ।

कम्युनिटी कन्जरभेसन इन्क र प्रकृति संरक्षण तथा अध्यन केन्द्रका प्राबिधिकहरुले कार्यशालामा सहजीकरण गरेका थिए ।बुधबार सकिएको कार्यशालामा सहभागी उपभोक्ताहरु लाई वडा नम्बर ५ का वडा अध्यक्ष उद्बब थापाले प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यशालामा कम्युनिटी कन्जरभेसनका डा.टेरी एलेनडोर्फ , चरा अनुगमन संयोजक केसब राई र प्रकृति संरक्षण तथा अध्यन केन्द्रका जीवन राईको समेत उपस्थिति रहेकोे थियोे ।

सामुदायिक बन आफैले मयुर बनमा मयुर र चराचुरुङ्गी अध्यन केन्द्रको स्थापना गरेको छ ।डा टेरीले एक थान बाइनाकुलर सामुदायिक बनको मातहतमा रहने गरि संयोजक राईलाई उपलब्ध गराएका छन् ।