कान्छो खवर । आइतबार, पुष ०६, २०८२
गाईघाट ६ पौष ।
खोटाङमा कुटपिटबाट एक जनाको ज्यान गएको छ ।आइतबार दिउसो ११ बजेको समयमा भएको कुटपिटबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ निर्मलीडाडाका ५८ बर्षिय पदम रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेबन गरेका ५० बर्षिय दिलबहादुर भुजेलले रोकालाई गाउँमै कुटपिट गर्दा उनको घटना स्थल मै मृत्यु भएको प्रहरी निरीक्षक सुशान्त मिश्रले बताए ।
प्रहरीले भुजेललाई पक्राउ गरि कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय दिक्तेल लगेको मिश्रले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्