२६ कार्तिक २०८२, मंगलबार

देउरीस्थित नगर अस्पतालको भौतिक पुर्बाधार निर्माण र उपकरण खरिदकोलागि भारतिय दूतावासले २० करोड रुपैया दियो

कान्छो खवर । मंगलबार, कार्तिक २६, २०८२

गाईघाट  २५  कार्तिक  ।

त्रियुगा नगरपालिका ५  देउरीस्थित नगर अस्पतालमाको भौतिक पुर्बाधार निर्माण र आधुनिक उपकरण खरिदकोलागि भारत सरकारले २० करोड रुपैया उपलब्ध गराएको छ ।

काठमाडौस्थित भारतिय दूतावासमा सोमबार आयोजित एक कार्यक्रम बीच दूतावासका काउन्सुलर अबिनासकुमार सिह र त्रियुगाका मेयर बसन्तकुमार बस्नेतले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

भारत सरकारले दिने रकममा त्रियुगाले थप २ करोड दिने समझदारी पत्रमा उल्लेख छ ।बिगत केहि बर्ष देखि सन्चालनमा आएको नगर अस्पतालमाको सुबिधा सम्पन्न नंया भबन निर्माण गरिनुको साथै अस्पतालको लागि चाहिने आबस्यक आधुनिक उपकरण उपलब्ध गराइएको रकम बाट खरिद गरिने छ ।

नगर प्रमुख बस्नेतले केहि महीनाको प्रयास पछी भारतीय दूतावासले नगर अस्पतालको पुर्बाधार निर्माणका र उपकरण खरिदमा आर्थिक सहयोग गरेको बताए । नगरको बिकास निर्माणमा समेत भारत सरकारले थप सहयोग गर्ने प्रतिबद्धता जनाएको उनलेे बताए ।

उनले अब एक हप्ता भित्र टेन्डर प्रक्रिया मार्फत काम अघि बढाउन लागिएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्