११ कार्तिक २०८२, सोमबार

छठ पुजाको तयारी पुरा , त्रियुगा नदि बेहुली झै श्रृङ्गारीयो

कान्छो खवर । आइतबार, कार्तिक १०, २०८२

गाईघाट  ९ कार्तिक  ।

छठ पर्बको सम्पुर्ण तयारी पूरा भएर आइतबार ब्रतालु भक्तजनकोलागि त्रियुगा नदिको घाटमा पुजा गर्न आयोजक समितिले स्टल बितरण गरेको छ ।

भक्तजनको माग बमोजिम प्रती मिटर ६ सयको दरले शुल्क लिएर पुजा गर्ने घाट उपलब्ध गराएको छठ पर्व आयोजक समितिले जनाएको छ ।छठ पर्बको लागि पुजा गर्ने स्थान त्रियुगा नदिको दुबै तर्फ पण्डालले घेरा बेरा गरेर निकै ब्यबस्थित गरिएको छ भने नदि जाने मुख्य स्थानमा गेट बनाइएको छ । पुजा स्थानमाको चारैतिर चम्किलो बत्ति जडान गरेर नदिलाई सृगारिएको समितिका अध्यक्ष चन्दन साहले बताए ।

नदि सफाई , बाटो निर्माण , बिजुली जडान र पन्डाल लगाउने काम गरिएकोले खर्च बढेको कारण भक्तजन संग घाटको लागि रकम लिएको उनले बताए ।

त्रियुगा नदि पारी अर्को छठ समितिले ब्रतालु भक्तजनको लागि निशुल्क घाट उपलब्ध गराएको छ ।बजार पारी मोतिगडा लागायत अन्यत्र बाट पुजा गर्न आउने भक्तजनको लागि गत बर्ष पनि निसुल्क घाट उपलब्ध गराएको समितिका सदस्य पबित्रा गिरीले बताइन् ।

उनले समितिले विभिन्न ब्यक्ति र समितिमा आबद्ध सदस्यहरु बाट चंदा संकलन गरेर छठ पुजाको सम्पुर्ण तयारी पुरा गरेको बताइन् ।

सोमबार अस्ताउदो सुर्यलाई अर्घ दिएर छठ पुजा धुमधाम साथ हुदै छ ।

यहाँ कमेन्ट गर्नुहोस्