०४ कार्तिक २०८२, सोमबार

नुहाउने क्रममा दुधकोसिले बगाएर एक बालिका बेपत्ता , खोजी कार्य जारी

कान्छो खवर । सोमबार, कार्तिक ०४, २०८२

गाईघाट  ३  कार्तिक  ।

दुधकोसिमा नुहाउने क्रममा बगेर एक बालिका बेपत्ता भएकी छिन् ।त्रियुगा नगरपालिका १४ साउने ढुंङग्रेका अर्जुन तामाङकि ७ बर्षीया छोरी अनुसा बेपत्ता भएको वडा अध्यक्ष हेम मगरले बताए ।

सोमबार ११ बजे खाना खाएर घर देखि झन्डै ३ सय मिटरको दुरीमा रहेको कोसीमा अर्को एक जना साथी संग नुहाउन गरेकी उनको कोसीले बगाएको मगरले बताए । अर्को साथी भने सकुशल रहेकोे उनले बताए ।

बेपत्ता बालिकाको खोजीमा अहिले प्रहरी र स्थानिय बासिन्दाहरु जुटेको वडा अध्यक्ष मगरले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्