०३ कार्तिक २०८२, आइतबार

०३ कार्तिक २०८२, आइतबार

चौदण्डिगढी नगरपालिकाका प्रमुख र उपप्रमुख उपस्थित शुभकामना आदनप्रदान कार्यक्रम युवाहरुले बिथोलिदिए

कान्छो खवर । आइतबार, कार्तिक ०३, २०८२

गाईघाट  २  कार्तिक  ।

चौदण्डिगढी नगरपालिकाका प्रमुख र उपप्रमुख उपस्थित  तिहार र छठ पुजाको अबसरमा आइतबार बिहान आयोजना गरिएको शुभकामना आदन प्रदान कार्यक्रम बिथोलिएको छ ।

बिहान ७ बजे कार्यक्रम सुरु हुन साथ युबाहरुको एक समूहले मंच कब्जा लिएर ब्यानर , माईक र कुर्सी तोडफोड गरेका हुन । मंचमा प्रमुख अथिती बनेर बसेका प्रमुख कालुमान तामाङ र उपप्रमुख मनिका दुलाल र वडा अध्यक्ष धर्म राज खड्का र प्रकाश राउत विरुद्ध युवाहरुले नाराबाजी गरे पछी तामाङ र दुलाल कार्यक्रम स्थल बाट बाहिरीएका थिए ।

उनिहरुलाई स्थानियले  युबा समूह बाट बचाउदै  भगाएको प्रत्यक्षदर्शी भोला कार्कीले बताए । युबाहरुले मेयर र उपमेयर भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउदै उनिहरुको उपस्थिति मान्य नहुने बताउदै तत्काल मञ्च छोडनु पर्ने अडान राखेका थिए ।

वडा नम्बर ९ र १० सयुक्त आयोजनामा हडिया बजारमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।स्थानिय जनउल्थान कृषि तथा पशु सहकारीमा भएको आर्थिक हिनामिनामा वडा अध्यक्ष खड्काको प्रत्यक्ष संग्लनता रहेको आरोप लाग्दै आएको छ ।खड्काले सहकारीको झन्डै १५ लाख रुपैया हिनामिना गरेको युवाहरुको भनाइ छ ।

यहाँ कमेन्ट गर्नुहोस्