२८ आश्विन २०८२, मंगलबार

आईसक्रीममा किरा , उत्पादन गर्ने उधोगलाई कारबाहीको तयारी

कान्छो खवर । सोमबार, आश्विन १३, २०८२

फोटो : बुद्धि

गाईघाट   १३  असोज  ।

केटाकेटीले खादै गरेको आईसक्रीममा किरा भेटिएको छ ।आइतबार दिउसो बजार छेउको सडक पेटिमा बिक्रि गर्न राखेको पसलबाट किनेर खादै गरेको आईसक्रीममा कालो रङको मरेको किरा भेटिएको हो ।

सन्तोसी आईसक्रीम उद्योग गाईघाटबाट उत्पादित उक्त आईसक्रीम केटाकेटीले किनेर खादै गर्दा आईसक्रीममा  बाहिरबाट देखिने गरि दुई वटा किरा जमेर बसेको अबस्थामा फेला परेको गङ्गा राईले बताईन ।

आईसक्रीममा किरा भेटिएको समाचार सार्वजनिक हुन साथ नगरपालिकाले उक्त  उधोगलाई कारबाही गर्ने तयारी गरेको छ ।अहिले बिदा भएकोले सबै प्रमाण संकलन गरेर राखेका छौ र दसैं बिदा पछी लापरबाही गर्ने उक्त उधोगलाई कारबाही गरिने मेयर बसन्त बस्नेतले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्