कान्छो खवर । आइतबार, आश्विन ०५, २०८२

गाईघाट ५ असोज ।
फोहर फाल्न अवरोध पछी झन्डै दस दिनदेखि बजार भित्र थुप्रीएको फोहोर आज देखि उठाउन थालिएको छ ।
स्थानिय बासिन्दाले फोहोर फाल्न अवरोध गरेको कारण गाईघाट बजारमा फोहोरको डङगुर लागेको थियोे । फोहोरको कारण बजारमा दुर्गन्ध फैलिएको कारण स्थानिय बासिन्दाले नगरपालिकाको चर्को आलोचना गरेका छन् ।
पुरानो गाईघाटको बिसनपुर दक्षिण तर्फको त्रियुगा नदि किनार र बरुवा खोलाको पुल छेउमा नगरको फोहोर फ्याक्ने गरिएकोमा स्थानिय बासिन्दाले सो क्षेत्रमा फोहोर फ्याक्न नदिए पछी दस दिन देखि बजारको फोहोर उठ्न सकेको थिएन ।
आज बाट फोहोर उठन थालेको मेयर बसन्त बस्नेतले बताए ।अर्को ब्यबस्था नभए सम्मको लागि अहिले बरुवा खोलाको बिचमा खाल्डा खनेर फोहोर बिसर्जन गरिने सहमति भए पछि बजारबाट फोहोर उठाउन थालिएको उनले बताए ।
अब चाडै फोहोर बिसर्जन गर्ने ठाउको खोजी गरेर डम्पिङ साइडको निर्माण गरिने उनले बताए । दशै तिहार पछी तत्काल काम अघि बढाउन लागिएको उनले बताए ।
फोहोर फाल्न अवरोध हुँदा त्रियुगाको १० , ११ र १२ वडा भित्रको फोहोर उठन सकेको थिएन । त्रियुगामा दैनिक झन्डै २ हजार किलो फोहोर निस्कने गरेको छ ।