३१ भाद्र २०८२, मंगलबार

खोटाङमा एक महिलाको शब फेला ,बलात्कार पछी हत्या गरेको आसङ्का

कान्छो खवर । मंगलबार, भाद्र ३१, २०८२

गाईघाट  ३१ भदौ  ।

खोटाङमा एक युवती मृत अबस्थामा फेला परेकी छिन् ।खोटाङ दिप्रुङ चुइचुम्मा गाउपालिका ४ बतासीकि २७ बर्षीया रेस्मिका परियार सोमबार राति मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

अजम्बरी साना  कृषि   सहकारीमा कार्यरत उनलाई पन्चमी बजार स्थित कार्यालयबाट घर फर्कने क्रममा जङ्गलमा बलात्कार पछी हत्या गरेको हुन सक्ने आसङ्का गरिएको छ ।उनको शब स्थानिय मार्से जंगलमा राती ८ बजे प्रहरी र स्थानियले फेला पारेको प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताए  ।

कार्यालयदेखि राति अबेर सम्म घर नफर्किए पछी आफन्तले उनको खोजी गरेको थियो । खोज्ने क्रममा बाटो छेउमा उनले लगाएको चप्पल फेला परे पछी केहि तल झन्डै १ सय मिटर अगाडि घोप्टो परेको अबस्थामा परियारको शब फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रमुख बुढाथोकीले घटनाको अनुसन्धान भैरहेको बताए । बलात्कार या अन्य के कारणले हत्या भएको हो शबको पोस्ट मार्टम पछी थाहा हुने उनले बताए । घटनास्थलबाट  शब उठाउने तयारी भैरहेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्