कान्छो खवर । मंगलबार, भाद्र २४, २०८२

गाईघाट २४ भदौ ।
आन्दोलनकारीहरुले मंगलबार साझ कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारको घरमा आगजनी गरेका छन ।
त्रियुगा नगरपालिकाकि उपमेयर महेश्वरी राईको घर तोडफोड र आगजनी गरि आन्दोलनकारीहरुले साझ पख दनुवारको घर तोडफोड गरि उनको कोठा रहेकोे सामान बाहिर निकाली आगजनी गरेका हुन ।
उपसभामुख दनुवार भने निबासमा नरहेको अबस्थामा घरको सामान बाहिर निकाली आन्दोलनकारीले जलाएका थिए । दनुवार बिराटनगरमा रहेकी छिन ।उग्र बनेका आन्दोलनकारीले त्रियुगा नगरपालिका ११ र १२ को कार्यालयमा समेत आगजनी गरेका छन् ।
यहाँ कमेन्ट गर्नुहोस्