२८ आश्विन २०८२, मंगलबार

प्रदर्शनकारीद्वारा त्रियुगा नगरपालिका , नेकपा एमालेको कार्यलयमा तोडफोड र आगजनी

कान्छो खवर । मंगलबार, भाद्र २४, २०८२

गाईघाट  २४  भदौ  ।

जेन-जि प्रदर्शनकारीले दिउसो त्रियुगा नगरपालिका लगायत सरकारी भबनहरुमा तोडफोड गरेका छन् । सोमबारको घटना पछी आक्रोशित जूलूसले   बोक्सेस्थित विभिन्न सरकारी भबनहरुमा ढुङ्गा मुडा गरेर झ्यालको सिसा फुटाएका छन् भने गाईघाट स्थित नगरपालिकाको कार्यालय प्रवेश गरि मेयर लगायतको कोठाबाट सामान बाहिर निकाली आगजनी गरेका छन् ।

बिहान सम्म शान्त रहेको प्रदर्शन एकाएक उग्र बनेको थियो । जुलुसमा एमाले , काङ्ग्रेस र विभिन्न पार्टीका युवाहरुको सहभागिता देखिएको थियोे ।प्रदर्शनकारीले नगरपालिकामा तोडफोड र आगजनी गरेर नेकपा एमालेको कार्यालयमा आगजनी गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्