२१ भाद्र २०८२, शनिबार

बेलका नगरपालिकाले फजुल खर्च नियन्त्रण गर्न करार सेवाका १३ जना कर्मचारी हटायो

कान्छो खवर । बिहिबार, भाद्र १९, २०८२

गाईघाट  १९  भदौ ।

उदयपुरको बेलका नगरपालिकाले करार सेवाका १३ जना कर्मचारी हटाइएको छ । फजुल खर्च कटौती गर्न भन्दै दोस्रो कार्यपालिकाको बैठकले ती कर्मचारीहरुलाई हटाइएको जनाएको छ ।

भदौ १६ गते उनिहरुको म्याद सकिएको र उनिहरुको म्याद थप नभएको नगरप्रमुख अशोक कार्कीले बताए ।उनले अघिल्लो कार्यकालमा नगरमा अनावश्यक कर्मचारी राखेर आर्थिक भार बढाउने काम भएको र त्यसलाई नियन्त्रण गर्न करारका कर्मचारीको म्याद थप नगरी बिदाई गरिएको बताए ।

नगरपालिकामा ८९ करार कर्मचारी रहेकोमा अहिले १३ जनाको म्याद थप नगरिएको कार्कीले बताए । दशै पछि अरु अनावश्यक करारका कर्मचारी कर्मचारीको समेत म्याद थप नगरिने तयारी भैरहेको उनले बताए ।

अघिल्लो मेयरको कार्यकालमा जथाभावी  करारमा कर्मचारी  नियुक्ति गरेर नगरपालिकालाई आर्थिक भार परेको उनले बताए ।

करारको कर्मचारीको म्याद थप नगरीको बिषयमा उपप्रमुख जिरा राई,अध्यक्ष बसन्तकुमार मगर ,प्रेमबहादुर राउत र दिपक राज रेग्मीले उक्त निर्णयको बिरोध जनाएका छन् ।दसैं नजिकिदै गर्दा कर्मचारीलाई सेवा बाट हटाउन नहुने भन्दै कार्यपालिकाको बैठकमा आपत्ति जनाएको अध्यक्ष मगरले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्