२१ भाद्र २०८२, शनिबार

लागूऔषध सहित बोक्सेका एक युवा पक्राउ

कान्छो खवर । बुधबार, भाद्र १८, २०८२

गाईघाट  १८   भदौ   ।

प्रहरीले लागूऔषध सहित एक युवालाई पक्राउ  गरेको छ । कदमाहादेखि गाईघाट तर्फ आउदै गरेको विङगर गाडी चेकजाँचको क्रममा लालपत्ता प्रहरी चेकपोस्टले गाडीका यात्री त्रियुगा नगरपालिका १० बोक्सेका ३३ बर्षिय डेनिल बस्नेतलाई २०७ एम्पुल लागूऔषध सहित पक्राउ गरेको हो ।

उनले झोला भित्र लुकाएर ल्याउदै गरेको अबस्थामा ६९ एम्पुल फेनार्गन , ६९ एम्पुल डाइजेपाम र ६९ एम्पुल ब्रुप्रीनोर्फिन ६९ एम्पुल लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि राजन चापागाईंले बताए ।

जिल्ला अदालत उदयपुरबाट म्याद थप गरेर बस्नेतमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्