कान्छो खवर । बुधबार, भाद्र ०४, २०८२

गाईघाट ४ भदौ ।
भौडीमा डुबेर उदयपुरको बेलकामा एक जनाको मृत्यु भएको छ ।सोमबार दिउसो खेतमा धान गोड्न भनी घरबाट निस्किएका बेलका २ शान्ति नगरका ५७ बर्षिय तिखे तामाङको पानी जमेको दलदलमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बेलुकी अबेर सम्म घर नफर्किए पछि परिबारका सदस्यहरुले उनको खोजी गरेका थिए ।बुधबार दिउसो तामाङको शब भौडीमा गाडिएको अबस्थामा फेला परेको मृतकका छोरा रमेशले बताए ।
घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।तामाङको शब धरानस्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानमा पोस्टमार्टमकोलागि लगिएको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्