कान्छो खवर । बिहिबार, साउन ३०, २०८२

गाईघाट २९ साउन ।
त्रियुगा नगरपालिकाले सडक बत्तीको महसुस बापत झन्डै ३ करोड रुपैया बिधुत प्राधिकरणलाई बुझाउन बाकी रहेकोे छ ।लामो समय देखि रहेको बक्यौता रकम तिर्न प्राधिकरणले अनुरोध गरेकोमा पटकपटक गरेर ४० लाख रुपैयाँ मात्र नगरपालिकाले बुझाएको प्राधिकरण वितरण केन्द्र गाईघाटले जनाएको छ ।
गत असार मसान्तसम्म नगरपालिकाले प्राधिकरणलाई २ करोड ९३ लाख ८५ हजार २७४ रुपैया सडक बत्ति प्रयोग गरे बापतको महसुस बुझाउन बाकी रहेको कार्यालय प्रमुख माधबप्रसाद यादवले बताए ।
उनले नगरपालिकाको उक्त रकम निकै लामो समयदेखिको बक्यौता रकम भएको बताए ।बैशाख महिनामा केहि महसुस बुझाएको भए पनि त्यस यता नगरपालिकाले महसुस बुझाएको छैन ।उनले भने ।
नगरपालिकाले सडक बत्तीको महसुस तिर्नकै लागि भनेर उपभोक्ता संग जग्गाको तिरो तिर्ने बेला बार्षिक रूपमा २ सय रुपैया लिने गरेको छ ।सडक बत्ति प्रयोग नगर्ने उपभोक्ताले समेत जग्गाको तिरो तिर्ने बेला उक्त रकम बुझाउनु परेको छ । नगरपालिकाको यस्तो नितिले उपभोक्ता निकै मारमा परेको भए पनि कुनै राजनैतिक दल सरोकारवाला निकाय र सामाजिक अभियन्ताबाट यस बिषयमा कुनै आबाज उठाएको देखिएको छैन ।