कान्छो खवर । बुधबार, साउन २२, २०८२

गाईघाट २१ साउन ।
करेन्ट लागेर त्रियुगाको भान्टाबारीमा मंगलबार साझ एक बालकको मृत्यु भएको छ ।
कोठामा रहेकोे बिजुलीको होल्डरमा बल्ब जोड्ने क्रममा करेन्ट लाग्दा त्रियुगा नगरपालिका ७ भन्टाबारीका देबन बिकका छोरा ११ बर्षिय दर्शन बिकको बेलुकी साझ ७.४५ बजे मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर रूपमा घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाको अनुसन्धान भैरहेको एसपि हरिहरनाथ योगीले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्