कान्छो खवर । सोमबार, आषाढ ०९, २०८२

गाईघाट ९ असार ।
घनमाल चोरी गरि फरार भएका एक ब्यक्ति आठ महिना पछी पक्राउ परेका छ्न ।प्रहरीले फरार रहेकै अबस्थामा सिन्धुपाल्चोकको पाँच पोखरी गाउपालिका ७ भोटेनाम्लाङ ठुलो ढुङ्गाका २९ बर्षिय निरोज लामालाई आइतबार पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय बेल्टार देखि खटिएका प्रहरीको विशेष टोलिले लामालाई सिन्धुपाल्चोकको पाँच पोखरीबाट पक्राउ गरेको प्रहरी निरीक्षक बबिन राईले बताए ।
लामाले २०८१ मंसिर ३० गते चौदण्ढिगढी नपा ३ पैंतालीस चोकका पदम राईको घर फोडेर ४ तोला सुन र ६ लाख ४० हजार नगद चोरी गरेर फरार रहेकोे प्रहरीले जनाएको छ । चोरी लगत्तै सिसि क्यामेरा फुटेजको आधारमा प्रहरीले गरेको अनुसन्धान बाट लामो समय पछी लामालाई पक्राउ गर्न सफल भएको निरीक्षक राईले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्