११ आषाढ २०८२, बुधबार

समाजसेवी एबम राजनितीज्ञ जयमानसेर राईको निधन

कान्छो खवर । सोमबार, आषाढ ०२, २०८२

गाईघाट   २  असार  ।

समाजसेवी एबम बरिस्ठ राजनितीज्ञ जयमानसेर राईको ९० बर्षको उमेरमा निधन भएको छ । रास्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सल्लाहकार समेत रहेका राईको आइतबार दिउसो काठमाडौस्थित मेडिकेयर अस्पतालमा मृत्यु भएको हो ।

दम र क्षय रोगबाट पीडित राईको उपचारको क्रममा मृत्यु भएको राप्रपा उदयपुरका सभापति धुर्ब रायमाझीले बताए । पन्चायत कालमा खोटाङ देखि राजनीति यात्रा सुरु गरेका राई २०२२ साल देखि उदयपुरको बेल्टार बजार बसोबास गर्दै आएका थिए ।

पन्चायत राजनीतिमा राई   प्रधानपन्च , क्षेत्रीय सभापति हुदै राप्रपाको सस्थापक नेता समेत रहेको रायमाझीले बताए ।   राईकै अग्रसरतामा अहिलेको बेल्टार बजार स्थापना भएको काङ्ग्रेसका क्षेत्रीय सभापति खगेन्द्र राईले बताए । काठमाडौदेखि राईको शब गृहजिल्ला  ल्याइएको छ र आजै किरात परम्परा अनुसार दाहसंस्कार गरिने राप्रपा उदयपुरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्