११ आषाढ २०८२, बुधबार

सुनको गहना लुटेर भाग्दै गरेका एक युवा पक्राउ

कान्छो खवर । शनिबार, जेठ ३२, २०८२

गाईघाट   ३१  जेष्ठ  ।

सुनको गहना लुटेर भाग्दै गरेका एक जना  पक्राउ परेका छ्न।चौदण्डिगढी नगरपालिका ४ बसाह स्थित सनिबारे हटियामा सनिवार बिहान ९.३० बजेको समयमा किनमेल गर्न आएकी स्थानिय दुई महिलाको घाटीमा लगाएको १० / १२ आनाको सुनको दुई थान गहना घाटिदेखि  थुतेर भाग्दै गरेका पर्सा जिल्लाको बिरगंज महानगरपालिका २० का बर्ष २० का सचिन राजपुतलाई  प्रहरीले पक्राउ गरेको छ ।

महिलाले लगाएको गहना लुटेर भाग्दै गरेको बेला प्रहरी गस्ती टोलिले राजपुतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हरिहरनाथ योगीले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्