कान्छो खवर । शनिबार, जेठ ३२, २०८२

गाईघाट ३१ जेष्ठ ।
मोटरसाइकल दुर्घटनामा परि बेलकामा शुक्रबार राति एक जनाको मृत्यु भएको छ । बेलका नगरपालिका ९ रंग लक्ष्मी पेट्रोलपम्प स्थित मदन भण्डारी राजमार्ग सडक खण्डको बुद्ध चौकमा भएको दुर्घटनामा परि बेलका ६ का ४५ बर्षिय नवीन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुद्ध चौकदेखि रामपुर बजार तर्फ जादै गरेको प्रदेश १ -०५-००१ प १९१३ नम्बरको मोटरसाइकल सडक छेउको कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा गाडीका चालक राईको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
राती कति खेर दुर्घटना भयो भन्ने बारे केही खुलेको छैन , प्रहरीलाई उक्त दुर्घटनाको जानकारी सनिवार बिहान भएको प्रहरी निरीक्षक संतोष कार्कीले बताए । दुर्घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको र शबको पोस्टमार्टम गर्न अस्पताल पठाइएको कार्कीले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्