कान्छो खवर । बिहिबार, जेठ २३, २०८२

गाईघाट २३ जेष्ठ ।
हडिया – बेल्टार बजार आबतजाबत गर्न त्रियुगा नदिमा मंगलबारदेखि डुङ्गा सन्चालनमा आएको छ ।बर्षाको समयमा नदि तर्न समस्या भैरहेको अबस्थामा अब भने सर्बसाधारणलाई सहज भएको छ ।
चौदण्डिगढी नगरपालिकाले नदिमा डुङ्गा चलाउन ठेक्का लगाए पछि डुङ्गा सेवा सुरु भएको वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतले बताए ।बार्षिक ४० हजार तिरेर माझीहरुले ठेक्का लिएको उनले बताए ।
उनले सर्बसाधारबाट सामान्य शुल्क लिने ब्यबस्था गरिएको बताए । माझीले नदि तर्न प्रति ब्यक्ति ५० रुपैया , खसी बाख्राको २० रुपैया र प्रति बोरा चामलको ५ रुपैया शुल्क लिने गरेको उनले बताए ।
निशुल्क गर्ने कुरा पनि चलेको थियोे तर माझीलाई सेवा सुबिधा दिनुपर्ने भएकोले डुङ्गा चड्नकोलागि सामान्य शुल्क लिने निर्णय गरिएको उनले उनले बताए । माझीले चलाउने उक्त डुङ्गा नगरपालिकाले १ लाख ७५ हजारमा सुनसरीबाट खरिद गरेर ल्याइएको हो ।
हिउँदमा नदिमा ह्युमपाइप राखेर हडिया -बेल्टार बजार यातायात सन्चालन हुदै आए पनि बर्षाको बेला बाढीको कारण आबतजाबतमा कठिनाइ हुँदा दुबै तर्फका बासिन्दाहरु गाईघाट हुदै घुमाउरो लामो यात्रा गर्न बाध्य हुने गरेको हडियाका समाजसेबि चन्द गिरीले बताए । वडा अध्यक्ष राउतले डुङ्गाको पुजा गरेर सेवा सुरु गरेका थिए ।