कान्छो खवर । आइतबार, जेठ १२, २०८२

गाईघाट ११ जेष्ठ ।
बडदो सवारी दुर्घटना न्यूनीकरणकोलागि मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरगढी गाउपालिका ७ अधेरीमा थर्मप्लास्टर गरिएको छ ।
राजमार्ग सन्चालनमा आएयता सबै भन्दा बढी सवारी दुर्घटना हुने सो सडक खण्डको अधेरीमा उदयपुरगढी गाउपालिकाको आर्थिक सहयोगमा प्रहरीले थर्मप्लास्टर गरेको हो ।
सडक ओरालो भएको घुम्ती मोड आउने सो क्षेत्रमा सवारी चालक झुक्किएर सवारी दुर्घटना बढी हुने गरेकोले दुर्घटना न्यूनीकरण गर्नकोलागि थर्मप्लास्टर गरिएको प्रहरीले जनाएको छ ।
थर्मप्लास्टिक रेखाले सवारी गति कम गर्न सहयोग गर्छ ,रातको समयमा उक्त रेखा बढी टल्कने हुदा चालकहरुले टाढा देखि नै देख्ने हुदा सवारी गति नियन्त्रणमा मद्दत पुग्ने ट्राफिक प्रहरी असई तिलक पौडेलले बताए ।
उनले सडक ओरालो भएको घुम्ती मोडमा चालक झुक्किएर नै सवारी दुर्घटना भैरहेको बताए ।अब थर्मप्लास्टिक रेखाले टाढै देखि सवारी चालकलाई सचेत हुन सहयोग गर्ने हुदा दुर्घटनामा कमि आउने उनले बताए ।
राजमार्ग निर्माण कै क्रममा सडक सिधा नबनाई धेरै ठाउँमा घुमाउरो बाटो बनाइएको कारण उक्त राजमार्गमा अहिले दिनहुजसो सवारी दुर्घटना हुने गरेको छ ।पछिल्लो १० महिनाको अबधिमा उक्त राजमार्गमा २ सय ५० वटा सवारी दुर्घटना हुदा ४ सय ३४ जना घाइते भएका छ्न ।२०८१ साउन देखि अहिलेसम्म सवारी दुर्घटनामा परी ५७ जनाको मृत्यु भएको पौडेलले बताए ।