०२ भाद्र २०८२, सोमबार

सुनकोसीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता

कान्छो खवर । शनिबार, जेठ ११, २०८२

गाईघाट   १०   जेष्ठ  ।

सुनकोसी नदिमा पौडी खेल्ने क्रममा सनिवार दिउसो एक किशोर बेपत्ता भएका छ्न ।

खोटाङ हलेसी तुवाचुङ नगरपालिका २ डिकुवा ओख्लाङका १६ बर्षिय सबिन राई दिउसो १२ बजे बेपत्ता भएको खोटाङ प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशान्त मिश्रले बताए ।

सुनकोसीको डिकुवा तुइम्ब बादरखोप स्थित कोसीमा साथीहरु सग नुहाउन गएका राई कोसीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।राईको खोजीमा अहिले प्रहरी टोलि र स्थानिय बासिन्दाहरु जुटिरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्