२९ बैशाख २०८२, सोमबार

घरायसी विवादमा श्रीमतीले गरे श्रीमानको हत्या

कान्छो खवर । आइतबार, बैशाख २८, २०८२

गाईघाट  २८  बैशाख  ।

खोटाङमा श्रीमतीले  श्रीमानको हत्या गरेका छ्न। सामान्य घरायसी विवाद हुँदा  हलेसी तुवाचुङ नगरपालिका ९ का ५१ बर्षिय पाचकर्ण राईको श्रीमती ५३ बर्षिया रेनुका राईले हत्या गरेको प्रहरीले जनाएको छ ।

सनिवार बिहान उनीहरु बीचमा घरायसी कुरामा विवाद हुदा रेनुकाले कोदालोको पासोले श्रीमानलाई टाउकोमा प्रहार गरेकी थिइन् ।गम्भीर रूपमा घाइते भएका राईलाई प्रहरीले उद्घार गरेर हेलिकप्टरबाट उपचारकोलागि काठमाडौ लगिएकोमा उनको न्युरो अस्पतालमा आइतबार बिहान मृत्यु भएको हो ।

प्रहरी रेनुकालाई सनिवार नै नियन्त्रणमा लिएर ज्यानसम्बन्धी कसुर मुद्दा चलाएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका वरिष्ठ प्रहरी उपरीक्षक भिम बहादुर दाहालले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्