२७ बैशाख २०८२, शनिबार

हडियाको ढिम्कीटोलका खनाल परिबारको घरमा गए राती आगलागी , झन्डै ६० लाख बराबरको क्षेती

कान्छो खवर । बुधबार, बैशाख २४, २०८२

गाईघाट  २४  बैशाख ।

बिधुत सर्ट भएर मंगलबार राती हडियामा भएको आगलागीबाट झन्डै ६० लाख बराबरको क्षेती भएको  छ । चौदण्डिगढी नगरपालिका ९ हडिया ढिम्किटोलका सोभित खनाल र मोहन खनालको दुई तल्ले काठ र सिमेन्टले बनेको घरमा १०.१५ बजे आगलागी भएको स्थानिय चन्द्र गिरीले बताए ।

बिधुत सर्ट भएर आगलागी हुदै दुई परिबारको भान्साकोठामा रहेकोे ग्यास सिलिन्डर पड्किएर फैलिएको आगोले घर पुर्ण रूपमा जलेको गिरीले बताए । आगलागीबाट  घरमा रहेको दुबै परिबारको फर्निचर, लत्ताकपडा , अन्नपात ,   सुनचाँदी जलेको छ ।  दुबै परिबारको झन्डै १६ तोला सुन मध्य बिहान गाउलेहरुले जलेको घर भित्रबाट ४ तोला सुन भेटेर पीडित परिबारलाई बुझाएका छन् ।

खनाल परिबार दाजु भाइ हुन् ।उनिहरु एकै घरमा बस्दै आएका थिए । खाना खाएर उनिहरु सुतेको बेला घरमा आगलागी भएको थियो  ।आगलागी भए पछी तत्काल खनालको घरमा पुगेका गाउलेहरुले सुतिरहेका ४ जना केटाकेटीहरुलाई बाहिर निकालेको कारण कुनै मानवीय क्षेति नभएको गिरीले बताए ।

आगलागी भएको झन्डै ४ घन्टा पछि बेल्टारबाट आएको दमकल , स्थानिय बासिन्दा र प्रहरीको सक्रियतामा आगो निभाइएको थियो ।पीडित परिबारलाई स्थानिय ब्यापारीहरुले बुधबार २२ हजार नगद सहयोग गरेका छ्न भने उदयपुर रेडक्रसले तिर्पाल र भाडा बर्तन उपलब्ध गराएको उनले बताए ।

पीडित परिबारलाई अस्थायी रूपमा बसोबासको ब्यबस्था गर्नको लागि अहिले गाउलेहरुले बास र काठबाट अस्थायी घर निर्माण गरिरहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्