२७ बैशाख २०८२, शनिबार

फोक्सिङटार स्थितसुनकोशीमा जडान गरिएको बेलीबृज जेष्ठ १ गते देखि खोलिने

कान्छो खवर । मंगलबार, बैशाख २३, २०८२

गाईघाट  २३  बैशाख  ।

उदयपुर र खोटाङको सिमाना फोक्सिङटार स्थित सुनकोशीमा जडान गरिएको बेलीबृज पाच महिना पछी खोल्न लागिएको छ ।

गत असोज १२ गते कोशीमा आएको बाढीले सुनकोशीमा निर्मित पक्की पुल बगाए पछि निर्माण गरिएको बेलीबृज गत माघ महिनादेखि सन्चालनमा आएको थियोे ।

गाईघाट – दिक्तेल सडक योजना कार्यालय गाईघाटले कोशीमा पानीको बहाब बढ्दै गरेको हुँदा जेष्ठ १ गते देखि उक्त बेलीबृज सडक योजना कार्यालयका प्राबिधिक कर्मचारीको उपस्थितिमा  खोल्न  बेलीबृज जडान गर्ने निर्माण ब्याबसायीलाई निर्देशन गरेको छ ।

बैशाख १९ गते उक्त बेलीबृज निर्माण गर्ने आर्यन कन्ट्रक्सन प्राली कटारीलाई योजना कार्यालयले पत्र पठाउदै ठेक्का सम्झौता तथा सर्त अनुसार उक्त बेलीबृज डिसासेम्लिङ गर्न  भनेको छ ।

बाढीले पुल बगाए पछी तत्काल यातायात सुचारु गर्न योजना कार्यालय गाईघाटले ५० मिटर लामो उक्त बेलीबृज  १ करोड २९ लाख ४६ हजार ७७ रुपैयाको लागतमा निर्माण गरेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्