२७ बैशाख २०८२, शनिबार

रौतामाईको ढुकुरचुङमा आज बिहान परेको चट्याङको कारण एक घरमा आगलागी , झन्डै ५ लाख ५० हजार बराबरको क्षती

कान्छो खवर । सोमबार, बैशाख १५, २०८२

गाईघाट   १५   बैशाख ।

रौतामाईको ढुकुरचुङमा सोमबार बिहान परेको चट्याङको कारण एक घरमा आगलागी भएको छ ।

हावाहुरी र बर्षा संगै बिहान १.३० बजेको समयमा स्थानिय  चक बहादुर राईको  ढुङ्गा माटो र टिनले छाएको दुई तल्ले घरमा चट्याङ पर्दा घर पुर्ण रूपमा जलेर झन्डै ५ लाख  ५० हजार बराबरको धनमालको क्षती भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक संतोष कार्कीले  आगलागीबाट राईको अन्नपात , लत्ताकपडा , भाडाबर्तन , काठपात , सुगुरको खोर र एउटा सुगुर जलेको बताए । उनले बिहान ३ बाजे आगो आफै नियन्त्रणमा आएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्