२७ बैशाख २०८२, शनिबार

भालुको आक्रमणबाट कटारीमा एक महिला घाइते

कान्छो खवर । सोमबार, बैशाख ०८, २०८२

गाईघाट  ८  बैशाख ।

भालुको आक्रमणबाट सोमबार बिहान कटारीमा एक महिला घाइते भएकी छिन् ।

कटारी नगरपालिका ८ गरास स्थित नारायणी सामुदायिक बनमा घाँस काटिरहेको बेला बिहान ८.४० को समयमा सोही ठाउकी ४६ बर्षीया पन्चमाया तामाङलाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

शरीरमा चोटपटक लागेको उनको कटारी अस्पतालमा उपचार भैरहेको प्रहरी निरीक्षक सन्तोष कार्कीले बताए । सामुदायिक बनको संरक्षण भए पछी अहिले घना जंगलमा जंगली जनाबरको संख्या बढेर मानिसलाई आक्रमणको घटना हुन थालेको स्थानिय भिमप्रसाद गौतमले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्