२९ बैशाख २०८२, सोमबार

राजनैतिक दलहरूलाई बार्षिक योजना तर्जमा गोष्ठीमा सहभागिता नगराइएको प्रति माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण

कान्छो खवर । आइतबार, चैत्र ०९, २०८१

गाईघाट  १०  चैत  ।

कोशी प्रदेशले आयोजना गरेको योजना छनौट तथा योजना बैंक सम्बन्धि अभिमुखिकरण तथा बार्षिक योजना तर्जुमा गोष्ठीमा राजनैतिक दलहरूलाई सहभागीता नगराईएको बिषयमा  नेपाल माओवादी केन्द्रले खेद प्रकट गरेको छ ।

कोशी प्रदेश योजना आयोगले सनिवार उदयपुरको कटारीमा एक दिने योजना छनौट तथा बैंक सम्बन्धि अभिमुखीकरण तथा बार्षिक योजना तर्जुमा गोष्ठी आयोजना गरेको थियोे । उक्त कार्यक्रम दलहरूलाई सहभागिता नगराएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै माओवादी केन्द्र नगर कमिटी कटारी को तर्फबाट अध्यक्ष कमल श्रेष्ठले बीज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।

बीज्ञप्तिमा उदयपुरको २ नम्बर सघिय निर्वाचन क्षेत्र स्तरिय राजनैतिक दलहरूलाई जानकारी नगराईएको र महत्त्वपूर्ण कार्यक्रममा दलहरूलाई सहभागिता नगराइएको प्रति आपत्ति व्यक्त गर्दै आगामी दिहरुमा यस्ता गोष्ठी र कार्यक्रममा सहभागिता गराउन समेत अनुरोध गरिएको उल्लेख छ ।

यहाँ कमेन्ट गर्नुहोस्