कान्छो खवर । आइतबार, चैत्र ०२, २०८१

गाईघाट ३ चैत ।
सेवाग्राहीबाट कार्यकक्षमा एक कर्मचारी कुटिएका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १२ मा कार्यरत कर्मचारी पर्बत परियारलाई आइतबार दिउसो उदयपुर बेलटारका संदिप सुबेदीले हातपात गरेको वडा सदस्य लक्षमि चौधरीले बताए ।
वडामा सेवा लिन आएको बेला कर्मचारी परियार संग विवाद भए पछी उनिमाथी हातपात भएको हो । काममा ढिलाइ गरेको भन्दै उनले परियारलाई दुई झापड हानेका थिए ।
सुबेदीलाई तत्काल कर्मचारीले नियन्त्रणमा लिएको छ भने उनले आफुले आबेशमा आएर गल्ती गरेको बताएका छ्न । उनले गल्ती भएकोले माफ मागे पछी उनलाई छाडिएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्