कान्छो खवर । बुधबार, माघ ०९, २०८१

गाईघाट १० माघ ।
नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने निर्बिरोध निर्बाचित भएका छ्न । बुधबार भएको पाँचौ जिल्ला अधिबेशनले लामिछानेलाई अध्यक्ष पदमा निर्बिरोध चयन गरेको हो ।
जिल्ला उपाध्यक्षमा गोपाल कृति ,समाबेसी उपाध्यक्षमा रुपा चामलिङ,सचीव दिनेश राई, सहसचिव बिक्रम राई , सहसचिव समाबेसीमा भावना राई र कोषाध्यक्षमा युबराज कार्की चयन भएका छन ।
त्यसै गरि सदस्यहरुमा बिन्द्र राई,चेवान राई,सुनिन राई, नयन राज राई ,आकाश राई, भुबन कार्की , सबिता कार्की र ज्ञानदिल थुलुङ निर्बिरोध निर्बाचित भएको प्रेस सेन्टरका केन्द्रिय सदस्य यमन डोनेले बताए ।
अधिबेशनको उद्घाटन सम्बिधान सभाका सदस्य मोहन खत्रीले बुधबार होटेल टाउन हलमा गरेका थिए ।
यहाँ कमेन्ट गर्नुहोस्