२१ आषाढ २०८२, शनिबार

४९ केजी गाजा सहित रिस्कुबाट ३ जना पक्राउ

कान्छो खवर । मंगलबार, साउन ०१, २०८१

गाईघाट १ साउन ।

प्रहरीले ४९ केजी गाजा सहित तीन जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलिले मंगलबार बिहान कटारी नगरपालिका ७ रीस्कुस्थित खुलालडाडाबाट तीन वटा बोरामा प्याक गरेर ल्याउदै गरेको अबस्थामा ४९ केजी गाजा सहित ताप्लि गाउपालिका १ का बर्ष ३१का शम्भु राई , बर्ष २८का आशिष भुजेल र १५ बर्ष उमेर मुनि भएकोले नाम परिबर्तित गाइघाट ४६ लाई पक्राउ गरीएको प्रहरीले जनाएको छ।

बिशेश सूचनाको आधारमा जिल्ला बाट गएको प्रहरी टोलिले उनिहरुलाई पक्राउ गरिएको एसपि रमेश थापाले बताए ।पक्राउ परेका ऊनीहरुलाई अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको उनको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्