कान्छो खवर । सोमबार, आषाढ ०४, २०८१

गाईघाट ३ असार ।
थारू समुदायको युवा नेता तथा मोरङको ग्रामथान गाउपालिकाका अध्यक्ष जयप्रकाश गछ्दारको सोमबार दिउसो निधन भएको छ ।२०७९ को स्थानिय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस बाट उमेदवार भै गाउपालिकाको अध्यक्षमा निर्बाचित ५६ बर्षिय गछदार रास्ट्रिय सभाको निर्वाचनको अघिल्लो दिन गत माघ १० गते बिराटनगर स्थित इस्टर्न होटेल मा लडेका थिए ।
त्यस दिन देखि उनि अचेल अबस्थामा थिए ।उनको लामो समय देखि अस्पतालमा राखेर उपचार हुदै थियोे ।अस्पताल बाट उनलाई घरमा ल्याएर राखिएको थियो ।उनको मंगलबार जातीय परम्परा अनुसार गाउमै दाहसस्कार गरिने नेपाली काङ्ग्रेस मोरङका उपाध्यक्ष भक्ति माझीले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्