०४ आषाढ २०८१, सोमबार

हिन्दु रास्ट्र र राजसस्था पुनःस्थापनाको लागी बृहत रास्ट्रिय मोर्चा बनाएर आन्दोलन गर्नुपर्ने : कमल थापा

कान्छो खवर । आइतबार, मंसिर २४, २०८०

कमल थापा

गाईघाट २४ मंसिर ।
रास्ट्रिय प्रजातन्त्र पार्टीनेपालका अध्यक्ष कमल थापाले बृहत् मोर्चा बनाएर हिन्दु रास्ट्र र राजसस्था पुनः स्थापना गर्नुपर्ने धारण राखेकाछ्न ।
उनले आज पार्टी कार्यालयमा आयोजित कार्यसमिति बैठकमा बोल्दै हिन्दु रास्ट्र र राजसस्था पुनः स्थापनाको निम्ति आन्दोलनको विकल्प नभएकोले अब बृहत रास्ट्रिय मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने बताए ।

उनले अहिले संघीय गणतान्त्रिक ब्यबस्था पुर्ण रूपमा असफल भैसकेको अबस्थामा राजसस्था स्थापनाको निम्ति अब जनता सडक मा आउन अपिल समेत गरे ।अबको विकल्प राजसस्था सहितको प्रजातन्त्र , हिन्दु रास्ट्र र दुइ तहको सरकार रहेकोेले अब जनता सडकमा आउनु पर्ने उनले बताए ।

उनले हिन्दु रास्ट्र र राजसस्था पुनः स्थापनाको एजेन्डा राप्रपा नेपालले उठाउदै आएकोले अब बृहत मोर्चा निर्माणमा समेत नेतृत्वदायि भुमिका निर्बाह गरिने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्