३१ भाद्र २०८१, सोमबार

उदयपुर एक्सपो माघ अन्तिम साता देखि

कान्छो खवर । बिहिबार, मंसिर १४, २०८०

गाईघाट १३ मंसिर
” कृषि , बन , पर्यटन , कला सस्कृति , उद्योग र ब्यापार ” उदयपुरको पहिचान र समृद्धि आधार नाराको साथ माघ अन्तिम साता उदयपुर एक्सपो हुने भएको छ ।

जिल्ला उद्योग बाणिज्य संघ उदयपुरको आयोजनामा हुनलागेको उक्त महोत्सव आर्थिक गतिविधि बढाउने तथा ब्यापार ब्याबसाय बिस्तार गर्ने उदेश्य बाट हुनलागेको बुधबार आयोजित प्रेस भेटघाटमा जानकारी गराइयो ।
माघ २६ देखि फागुन ६ गते सम्म हुने उक्त मेलामा नेपालका कृषि , घरेलु तथा ठुला उद्योगको उत्पादन , बिक्रि प्रदर्शनीमा राखिने संघका अध्यक्ष चुडामणि कार्कीले बताए ।

जिल्लाको ब्यापार ब्यबसाय पछिल्लो समय एकदमै सुस्ताएको छ, यो एक्सपोले आथिर्क कारोबार ब्यापार ब्यबसायलाइ माथि उठाउन मद्दत गर्ने अपेक्षा लिएका छौ । कार्कीले भने ।जिल्लाको आठ वटा स्थानिय तहमा रहेको उत्कृष्ट पर्यटकिय छेत्र पहिचान गरि ब्यापार ब्याबसाय प्रबर्द्धन गर्न र आर्थिक मन्दीलाइ चलायमान बनाउन महोत्सवको मुल उदेश्य रहेको उनले बताए ।
एक्स्पोमा पर्यटन क्षेत्र र उद्योग प्रबर्द्धन , डुङ्गा , राफटिङ , प्यारागलाइडिङ लगायतको पनि मज्जा लिन सकिने जानकारी गराइयो । कृषि प्रदर्शनी , पशुधन प्रदर्शनी , सूचना प्रबिधिको प्रबर्द्धन , कला प्रदर्शनी समेत गरिने महासचिव सुनिल साहले बताए ।
महोत्सवमा जिल्ला बाहिर सिराहा , सप्तरी , सुनसरी सहित छिमेकी देश भारतको आन्तरिक तथा बाह्य पर्यटक गरि २ लाख भित्र्याउने लक्ष्य लिइएको आयोजनाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्