०४ आषाढ २०८१, सोमबार

स्कूल बस दुर्घटना , चालक सहित ३ को मृत्यु

कान्छो खवर । शनिबार, मंसिर ०९, २०८०

गाईघाट ९ मंसिर । अभिभावक विद्यार्थी चढेको स्कूल बस सनिवार दिउसो दुर्घटना हुदा चालक सहित तीन जनाको मृत्यु भएको छ ।मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको उदयपुरगढि गाउपालिका ७ स्थित अधेरी झर्ना नजिक दिउँसो १ बजे दुर्घटना हुदा गाडीका चालक त्रियुगा नगरपालिका ५ देउरीका ४० बर्शिय भिखन चौधरी , त्रियुगा ६ का ७ बर्शिया सम्या चौधरी र ६ बर्षका बिकास चौधरी को मृत्यु भएको प्रहरीले जनाएको छ। झर्ना घुमेर फर्कने क्रममा त्रियुगा नपा ५ देउरी स्थित अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कूसको प्र ०५ -००१ ख ००४४ नम्बरको बस दुर्घटनामा परेको हो । गाडीमा सवार ३९ जना घाइते भएकोमा गम्भीर घाइते ५ जनालाइ उपचारको लागि अन्यत्र लगिएको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । अन्यको जिल्ला अस्पताल उदयपुरमा उपचार भैरहेको उनले बताए । ओरालो बाटोमा ब्रेक फेल हुँदा गाडी पुल बाट नदिमा खसेको थियो । स्कूसका अभिभावकले घुम्नको लागी उक्त बस लिएर गएको खुल्न आएको छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्