०९ कार्तिक २०८३, आइतबार

स्कुटरको ठक्करबाट इनार चोकमा गए राती पैदलयात्रीको मृत्यु

कान्छो खवर । आइतबार, कार्तिक ०९, २०८३

गाईघाट  ८ कार्तिक  ।

स्कुटरको ठक्करबाट सनिवार राती गाईघाट इनार चोकमा पैदलयात्रीको मृत्यु भएको छ ।प्र३ -२०- ०१२ प ४८२२ नम्बरको स्कुटरको ठक्करबाट सडक छेउमा हिडिरहेका ५२ बर्षिय रामबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

त्रियुगा नगरपालिका ११ संगमटोलस्थित इनार चोकमा  राती ८०.५० बजे उक्त घटना भएको हो । स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका कार्कीको जिल्ला अस्पतालमा उपचारको क्रममा राती ९.१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीले स्कुटर चालक २३ बर्षिय त्रियुगा ११ ढिम्कीका दिलिप केसीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ । मृतको शब जिल्ला अस्पतालको शबगृहमा राखिएको छ ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्