१० साउन २०८३, आइतबार

चौदण्डिगढीमा अब सामुदायिक बिध्यालयक प्रअहरुले दैनिक न्यूनतम दुई घन्टा अध्यापन गराउनुपर्ने

कान्छो खवर । आइतबार, साउन १०, २०८३

गाईघाट  १०  साउन  ।

उदयपुरको चौदण्डिगढी नगरपालिकाका सामुदायिक बिध्यालयका  प्रधानाध्यापकहरुले अबदेखि दैनिक न्यूनतम दुई घन्टा अध्यापन गराउनुपर्ने भएको छ ।

बिद्यालयको प्रशासनिक नेतृत्व सम्हादै आएका उनिहरुले अब शैक्षिक सुधारको निम्ति  बिध्यालयमा पठाउनुपर्ने ब्यबस्था गर्न लागिएको हो । शुक्रबार नगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरिएको नगर शिक्षा शाखाका प्रमुख सुरज कार्कीले बताए ।

उनले सामुदायिक बिध्यालयको शैक्षिक गुणस्तर सुधार्ने उदेश्य अनुरुप प्रअहरुले दैनिक न्यूनतम दुई घन्टा कक्षा लिनुपर्ने निर्णय भएको बताए । यो निर्णय आगामी भदौदेखि लागू हुने उनले बताए ।

प्रअलाई समेत अध्यापनमा सकृय रूपमा सहभागी गराउने उदेश्य लिएर यस्तो निर्णय गरिएको उनले बताए ।

उनले नगर भित्रका शिक्षक संख्या कम रहेका २० वटा सामुदायिक बिध्यालयमा ” स्वयंसेवक नगर शिक्षक “को समेत ब्यबस्था गरिने बताए ।बालबालिकाको सिकाइ ( इसिडी ) कक्षा कोठाहरुलाई धुलोमुक्त बनाउने अभियान संचालन गर्दै प्राथमिक तहको शैक्षिक गतिविधिको निगरानी , अनुगमनकोलागि छुट्टै सहजकर्ताको ब्यबस्था गरिने उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्