कान्छो खवर । शुक्रबार, साउन ०८, २०८३
गाईघाट ८ साउन ।
हात्तीमारा खोलाको खोजीमा जुटेका अभियन्ताहरुले शुक्रबार साझ गाईघाट बजारको मुख्य चौकमा बसेर खबरदारी गरेका छन् ।
लामो समयदेखि हात्तीमारा खोलाको मुद्दा उठाउदै आएका अभियन्ता खेमनारायण यादवको नेतृत्वमा उपस्थित भएका युबा ,बिद्यार्थी ब्यापारीहरुले हातमा हात्तीमारा खै लेखेको ब्यानर बोकेर प्रदर्शन गरेका छन् ।
२०६३/०६३ आन्दोलनको क्रममा गाईघाट बजारको दक्षिणी भेग भएर बग्ने हात्तीमारा नदि अतिक्रमणको चपेटामा परेको हो । नदि अतिक्रमण गरि भुमाफियाले उक्त नदि बिक्रीवितरण गरेर बस्ती बसाले पछि यादव सहितको युबा समुहले नदि अतिक्रमणको विरुद्ध आन्दोलन गर्दै आएका छन् ।
मैले ५ देखि यही मुद्दा उठान गर्दै आएको छु , अहिलेसम्म स्थानिय प्रशासन , नगरपालिकाबाट सहयोग पाएको छैन ।यादवले भने । त्यसै कारण आजदेखि हात्तीमारा नदिको मुद्दालाई जनता समक्ष पुर्याउने उदेश्यले सडकमा उत्रनु परेको उनले बताए ।
उनले केही दिन अघि स्थानिय प्रशासनलाई हात्तीमारा खोला बचाऔं , सार्वजनिक सम्पत्ति जोगाउन ज्ञापन पत्र समेत बुझाएको बताए । हात्तीमारा जग्गामा भएको सम्पुर्ण अतिक्रमण हटाएर सार्बजनिक सम्पत्ति हड्प्ने भुमाफिया र दलालमाथी कानुनी कारबाही गर्न स्थानिय सरकार र प्रशासनलाई दबाब दिने उदेश्य अनुरुप आज कार्यक्रम गरिएको उनले बताए ।
हामीले पहिलेदेखि हात्तीमारा खोला खोजियोस र अतिक्रमीत बस्ती हटाउन माग गरेका थियौ , तर कतै बाट सुनुवाइ भएन । आज हामीले स्थानिय सरकार र प्रशासनलाई खबरदारी गर्न सडकमा आएर नै कार्यक्रम गरेको उनले बताए ।