०६ साउन २०८३, बुधबार

मदन भण्डारी लोकमार्गको त्रियुगा नगर क्षेत्रलाई सहायक मार्ग तोकियो , भोलिदेखि जग्गा बिक्रीवितरण सुचारू हुने

कान्छो खवर । बुधबार, साउन ०६, २०८३

गाईघाट  ६   साउन  ।

त्रियुगा नगरपालिकाको ६२ औं कार्यपालिकाको बैठकले धरान – चतरा — गाईघाट – कटारी – सिन्धुली – हेटौंडा सडकलाई सहायक मार्ग तोकि उक्त सडकको केन्द्र रेखाबाट १५/१५ मिटर गरि ३० मिटर सडक सिमा कायम गरेको छ ।

नेपाल सरकार द्वारा खण्ड ६५ काठमाडौ , चैत २९ गते ,२०७२ साल पत्र संख्या ५२ को नेपाल पत्रमा सार्वजनिक सडक ऎन २०३१ को दफा ३ ले दिएको अधिकार प्रयोग गरि उक्त सडक खण्डलाई सहायक मार्ग तोकि सडक सिमा निर्धारण गरिएको हो ।

उक्त सडकलाई मिति २०७८ बैशाख १३ गतेको मन्त्रीपरिषदको बैठकले यस सडक खण्ड सहित अन्य खण्ड समेतलाई जोडेर सार्वजनिक सडक ऎन २०३१ को दफा ३ को खण्ड क बमोजिमको राजमार्ग कायम गरि मदन भण्डारी राजमार्ग नामाकरण गरिएको थियोे ।

राजमार्गको मापदण्ड बमोजिम सडक सिमा कायम भएमा त्रियुगा नगरपालिकाको क्षेत्र भित्रका सबै घर बस्ती उठाउनु पर्ने अबस्था सृजना भएको हुदा नगरपालिकाले बस्ती जोगाउने उदेश्य अनुसार उक्त सडक खण्डलाई सहायक मार्गमा परिण्त गरेको हो ।

नगर प्रमुख बसन्त बस्नेतद्वारा बुधबार जारी सार्वजनिक सूचनामा उक्त कुराको जानकारी गराईएको हो । पत्रमा सोही ऎनको दफा ३ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरि सडक सिमा तोक्नु पर्ने ब्यबस्था रहेको साथै एकै किसिमको सडकको सम्पुर्ण लम्बाइ पनि भौगोलिक अबस्था र बस्तीको कारणले गर्दा सडक सिमा कम बेस गरि तोक्न सक्ने समेत ब्यबस्था रहेकोे छ ।

त्रियुगा नगरको बीच बजार हुदै गएको मदन भण्डारी लोकमार्गको सडक सिमा ३१ मिटर कायम भएको हुदा उक्त सिमाको कारण बजारका धेरै घर भत्किने भएको हुदा  तत्काल सडक सिमा १५/१५ मिटर कायम गर्नुपर्ने पत्रमा उल्लेख छ ।

राजमार्गको सिमा ३१ मिटर तोक्ने अथवा कम गरि तोक्ने अधिकार नेपाल सरकार मै निहित रहेकोले नेपाल राजपत्रमा सूचना प्रकाशन भए पछी सोही बमोजिम हुने समेत पत्रमा उल्लेख छ ।

नंया राजपत्र प्रकाशन नभए सम्म यस सडकको सडक सिमा प्रकाशित राजपत्र बमोजिम केन्द्र बाट १५  / १५ मिटर हुने र भुमि प्रशासन कार्यालय उदयपुर बाट समेत कित्ताकाट , नामसारी तथा किनबेच यही मापदण्ड बमोजिम हुने गरेकोले सोही बमोजिम गर्न गराउन पत्रमा उल्लेख छ ।

मेयरले जारी गरेको सार्वजनिक सूचना पछी बिहीबारदेखि मदन भण्डारी लोक मार्गको नगर क्षेत्रमा रोक्का रहेको जग्गाको बिक्रीवितरण फुकुवा हुने छ । बालेन नेतृत्वको सरकार बने पछी मदन भण्डारी लोक मार्ग अन्तरगत त्रियुगा नगर क्षेत्र भित्रका सडक सिमा मापदण्ड बिपरितका सबै घर जग्गाको बिक्रीवितरण , रजिस्ट्रेसनमा रोक लगाएको थियोे ।

यहाँ कमेन्ट गर्नुहोस्