कान्छो खवर । सोमबार, साउन ०४, २०८३
गाईघाट ४ साउन ।
गाईघाट बजारको मुख्य चौकमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर रूपमा घाइते भएका छन् ।
बोक्सेदेखि बजार तर्फ आउदै गरेको कोशी प्रदेश ०५-००२ प ३४२४ नम्बरको मोटरसाइकल आफै अनियंत्रित भै बिजुलिको पोलमा ठोकिएर भएको दुर्घटनामा परि चालक त्रियुगा नगरपालिका १० बोक्से ईन्द्रेणि टोलका नवीन राई गम्भीर रूपमा घाइते भएका छन् ।
घटना लगत्तै प्रहरी र स्थानिय मिलेर घाइते राईको उद्घार गरि अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा उपचार भैरहेको राईको अबस्था अझै थाहा हुन सकेको छैन । उनको शरीरको विभिन्न भागमा र टाउकोमा समेत चोटपटक लागेको चिकित्सकले जनाएको छ ।
प्रहरी घटना स्थानबाट हेन्डिल भाचिएको उनको मोटरसाइकल बरामद गरेको जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्