कान्छो खवर । आइतबार, साउन ०३, २०८३
गाईघाट ३ साउन ।
खोटाङमा खहरे खोल्सीको बाढीले बगाउँदा सनिवार साझ दुई जनाको मृत्यु भएको छ ।
केहि दिनको निरन्तर बर्षाको कारण खहरे खोलामा आएको बाढीले बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पाकी ४३ बर्षीया शान्ता राई र केपिलासगढी गाउपालिका ४ बाक्सिलाका ७१ बर्षिय परशुराम परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राईलाई छाङे खहरे खोलाले र परियारलाई गाईखोरे खोल्सी खहरे खोलाले बगाएको हो । आफन्तको घर गएकी राई अबेर सम्म घर नफर्किए पछी खोज तलास गर्ने क्रममा खहरे खोलाले बगाएको अबस्थामा उनको शब फेला परेको हो ।त्यसै गरि परियारको शब समेत झन्डै १ सय मिटर तल खहरे खोल्सीमा अड्किएको अबस्थामा साझ फेला परेको प्रहरीले जनाएको छ ।
मृतक दुबै जनाको शब पोस्ट मार्टम पछी आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्