३१ आषाढ २०८३, बुधबार

खोलाले बगाएर कटारीमा नौ बर्षिय बालक बेपत्ता , खोजी कार्य जारी

कान्छो खवर । बुधबार, आषाढ ३१, २०८३

गाईघाट  ३१  असार  ।

नुहाउने क्रममा बुधबार दिउसो कटारीको गरासमा खोलाले बगाएर नौ बर्षिय बालक बेपत्ता भएका छन् ।

कटारी नगरपालिका २ गरास गैरीटोलका बर्ष ९ का गणेश तामाङ खोलाले बगाएर दिउसो १ बजे बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घर नजिकैको नाराङगे र कमला खोलाको दोभानमा नुहाउने क्रममा बालक बगेर बेपत्ता भएको वडा अध्यक्ष प्रेम थापाले बताए ।बालकको अहिले खोजी भैरहेको उनले बताए ।

ईलाका प्रहरी कार्यालय कटारीका डिएसपी उपेन्द्र खरेलले बेपत्ता बालकको अहिले प्रहरी र स्थानिय मिलेर खोजी भैरहेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्