१९ जेठ २०८३, मंगलबार

बुद्ध चौकमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

कान्छो खवर । मंगलबार, जेठ १९, २०८३

गाईघाट  १९   जेष्ठ  ।

पुरानो गाईघाटस्थित बुद्ध चौकको भित्री सडक खण्डमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटको जनप्रेमी बिध्यालय हुदै बुद्ध चौक तर्फ जादै गरेको स ९ प ८२५३ नम्बरको  मोटरसाइकल आफै अनियंत्रित भै स्थानिय बलदेव चौधरीको इटाको पर्खालमा ठोक्किएर भएको दुर्घटनामा परि चालक २४ बर्षिय हेमन्त सदाको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल पछाडि बस्ने सोनापुरका १८ बर्षिय राकेश सदा गम्भीर रूपमा घाइते भएका छन् । उनलाई उपचारकोलागि न्युरो अस्पताल बिराटनगर लगिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्