२० मंसिर २०८२, शुक्रबार

एउटा शौचालयको कारण जनप्रेमी बिध्यालय देखि सोनापुर जाने बाटो निर्माणको काम रोकियो

कान्छो खवर । बिहिबार, मंसिर १९, २०८२

गाईघाट  १८  मंसिर ।

बिश्व बैंकको ऋण सहयोगमा भैरहेको सडक स्तर उन्नतिको काम सोनापुर जाने बाटोमा अबरुद्ध भएको छ ।

त्रियुगा नगरपालिका १२ जनप्रेमी आधारभुत बिध्यालय देखि पुर्ब सोनापुर जाने बाटो छेउमा सडक भित्र एक ब्यक्तिको शौचालय परेको कारण बाटो निर्माणको काम अबरुद्ध भएको हो ।

स्थानिय निरकुमार राईले बाटोमा परेको शौचालय भत्काउन नमानेपछि पछी नाली निर्माण र कालो पत्रेको काम रोकिएको वडा सदस्य लक्ष्मी चौधरीले बताए ।

उनले राईले प्रयोग गर्दै आएको शौचालय नालीको बीच भागमा परेकोले उक्त शौचालय भत्काउन आग्रह गर्दा राईले बिगत ५ महिना देखि आलटाल गर्दै आएकोले अहिले सडक निर्माणको काम रोकिएको बताए ।

हामीले वडा बाट नंया शौचालय निर्माण गरि दिने बारम्बार भन्दा समेत राईले नमानेको चौधरीले बताए । मेयर र उपमेयर समेत गएर राईलाई सम्झाएको तर उनी नमानेपछि पछी काम अघि बड्न नसकेको उनले बताए ।

अब पनि अटेर गरेर शौचालय नभत्काए वडाको रोहवरमा निर्माण कम्पनीलाई भत्काउन लगाउने उनले बताए ।

त्रियुगा नगरपालिकाको वडा नम्बर १० , ११ ,१२ र १३ मा नगरपालिकाले सडक स्तर उन्नतिको काम धमाधम गरिरहेको छ ।बजार क्षेत्रमा कालो पत्रेको काम द्रुतगतिमा भैरहेकोमा उक्त सडक खण्डमा राईले शौचालय नभत्काउदा केहि महिना देखि सडक निर्माणको काम रोकिएको निर्माण कम्पनीका प्रतिनिधि उमेश बुढाथोकीले बताए  ।

यहाँ कमेन्ट गर्नुहोस्