१८ मंसिर २०८२, बुधबार

कटारीमा बोलेरो गाडी दुर्घटना हुदा चालकको मृत्यु

कान्छो खवर । मंगलबार, मंसिर १७, २०८२

गाईघाट  १६  मंसिर ।

कटारीको किन्दु भिरमा सोमबार साझ दुर्घटनाग्रस्त अबस्थामा बोलेरो गाडी र चालकको शब फेला परेको छ । कटारी नगरपालिका १४ पाखीमारे त्रिचालीस किन्दु भिरस्थित सिद्धिचरण लोकमार्ग सडक देखि झण्डै ४०० मिटर तल चालकको शब ५.३० बजे फेला परेको प्रहरीले जनाएको छ ।

सडक देखि झन्डै १ किमि माथि भिरमा अड्किएको अबस्थामा ना १ ज ५८१२ नम्बरको बोलेरो गाडी  क्षेतविच्छेद अबस्थामा फेला परेकोले गाडी दुर्घटनामा परेको हुन सक्ने प्रहरीले जनाएको छ ।तर गाडी कहिले दुर्घटना भएको भन्ने बारे केहि खुलेको छैन ।

ललितपुर महालक्ष्मी नगरपालिका ९ लिबुका ३४ बर्षिय दिपेन्द्र केसीको शब भएको प्रहरीले जनाएको छ । गत १३ गते केसीले उक्त गाडी चलाएर उदयपुरको ताप्ली आउदै गरेको थिए । ताप्ली गाउपालिका ५ रुपाटारको लागि उनी घर देखि हिडेको प्रहरीले जनाएको छ ।

सोही दिन राती ८.४४ बजे अन्तिम पटक परिबार संग सम्पर्क भएको र त्यस पछि सम्पर्क नभएको परिबारका सदस्यको भनाइ उधृत गर्दै प्रहरीले जनाएको छ ।प्रहरीले सोही समयमा गाडी दुर्घटनामा परेको हुन सक्ने अनुमा गरेको छ ।

शब पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल कटारीम राखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्