१३ कार्तिक २०८२, बुधबार

महिलाको कान बाट सुन निकाल्न लगाएको सिसि टिभी फुटेज भाइरल , ८२ बर्षीया महिलाको सुनको गहना लुटिएको पुष्ठि

कान्छो खवर । बुधबार, कार्तिक १३, २०८२

गाईघाट  १२  कार्तिक  ।

अहिले सामाजिक संजालमा यौटा भिडियो निकै भाइरल भएको छ ।एक युवा एक वृद्धा महिलालाई लिएर सुन पसल जान्छन् र ती महिलाको कानमा लगाएको सुनको गहना निकान्न लगाएर बाहिरिएको भिडियो ।

सुन पसलको  सिसि क्यामरामा कैद गरिएको उक्त फुटेज यतिखेर सामाजिक संजालमा निकै भाइरल भएको छ , धेरैले भिडियो पोस्ट गर्दै ती युबकले महिलालाई नसालु पदार्थ खुवाएर कानको एक तोला सुन लुटेको उल्लेख गरेकाछ्न तर घटनाको बास्तबिकता अझै खुल्न सकेको छैन ।

प्रहरीले पनि घटना बारे उजुरी आएको र खोजी कार्य जारी रहेको उल्लेख गरेको छ ।

सामाजिक संजालमा महिला अभियन्ता शशी कार्की लेख्छिन , घटना कार्तिक ३ गते दिउसो १ बजे ८२ बर्षीया पदम कुमारीलाई नसालु औषधि खुवाएर एक तोला सुनको गहना लुटेको र अपराधीलाई  कसैले देखेमा  तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेकी छिन् ।

मलाई आफू लुटिएको बारे ती आमाले बताए पछी प्रहरीलाई घटना बारे जाहेरी दिएको समेत उल्लेख गरेकी छिन।

उधोग बाणिज्य संघ उदयपुरका बरिस्ठ उपाध्यक्ष दिनेश श्रेष्ठले समेत सामाजिक संजालमा लेखेका छन् – फोटो सहितको पोस्टमा उनले हो फटाहलाई चिन्नु हुन्छ ? गाईघाट बजारमा हिडिरहनु भएका आमैलाई कुनै नसालु पदार्थ सुघाइ लट्याएर गाईघाट कै एक सुन पसलमा लगि कानको एक तोला सुनको गहना खोल्न लगाएर लगेछ , कसैले यो फोटोको ब्यक्ति देख्नु भएमा प्रहरीलाई खबर गरेर सहयोग गर्नु होला ।

यहाँ कमेन्ट गर्नुहोस्