२७ आश्विन २०८२, सोमबार

कटारी नगरपालिकाले तिहारमा प्लास्टिकजन्य फूलगुच्छा र माला आयात र बिक्रीवितरण गर्न रोक

कान्छो खवर । सोमबार, आश्विन २७, २०८२

गाईघाट   २७  असोज  ।

कटारी नगरपालिकाले तिहार र छैठ पर्बलाई मध्यनजर गर्दै प्लास्टिकजन्य माला   फूलगुच्छा  आयात , बिक्रीवितरण , प्रयोग तथा भण्डारणमा रोक लगाएको छ ।

नगरपालिका द्वारा सोमबार जारी सार्वजनिक सूचनामा प्लास्टिकजन्य माला र फूल गुच्छाको प्रयोगले  बाताबरणीय पदूषण बढाउने , मानव स्वास्थमा प्रतिकुल असर पार्ने तथा ठुलो परिणाममा आर्थिक रकम बाहिरिने जस्ता समस्या देखिएकोले यश प्रकारका सामाग्रीहरुको प्रयोग पुर्ण रूपमा निषेध गरिएको उल्लेख गरिएको छ ।

जारी सूचनामा त्रिबेणी माबी प्राबिधिक धारका बिध्यार्थीहरुले उत्पादन गरेको सयपत्री फूलहरु , विभिन्न स्थानमा उत्पादन भएको सयपत्री गोदाबरी , मखमलि लगायतका प्राकृति फूलहरु बाट बनेका मालाहरु मात्र प्रयोग गर्न अनुरोध गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्